१९ पुष २०७४, बुधबार

काठमाडौं । बुधबारदेखि नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गोकुल भण्डारीले सम्हालेका छन् । यसअघि प्रवक्ता रहेका सहायकरथी नैनराज दाहालले बुधबार एक कार्यक्रमबीच भण्डारीलाई कार्यभार हस्तान्तरण गरेका छन् ।

सहायक रथी दाहाल राष्ट्रसंघीय शान्ति मिसन अन्र्तगत दक्षिण सुडानको सेक्टर कमाण्डरमा छनोट भएपछि सेनाको प्रवक्ता फेरिएका हुन् ।

नवनियुक्त प्रवक्ता भण्डारीको कार्यकालमा नेपाली सेना र पत्रकार जगतबीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान सञ्चार जगतको अझ बढी सहयोग रहने विश्वास रहेको नेपाली सेनाद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV