१९ पुष २०७४, बुधबार

काठमाडौं । यो वर्षको प्रतिक्षित फिल्म ‘ह्याप्पी डेज’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले रिलिज मिति नजिकिदै गर्दा अफिसियल पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा फिल्ममा लीड कालकारहरुलाई देखाईएको छ ।

त्यसोत,पोष्टरमा यी कलाकारहरुको चरित्रलाई प्रस्तुत गर्न खोजिएको छ । पोस्टरले अवश्य पनि दर्शकहरुमा फिल्मप्रति उत्सुकता पैदा गर्ने देखिन्छ । फिल्मको पोष्टरलाई निकै आकर्षक हिसाबले तयार पारिएकोछ ।

फिल्म माघ १२ गते देखि दर्शकमाझ रिलिजमा आउँदैछ । यी पोष्टरहरु रिलिज अगावै फिल्मको २ वटा गीत र ट्रेलरले सार्वजनिक गरिएको थियो । फिल्मको गीत र ट्रेलरलाई दर्शकहरुले मन पराईसकेका छन् ।
पैसा कमाउन बेलायत पुगेका नेपाली युवकको संघर्षको कथामा फिल्म बनेको छ । निदेशक मिलन चाम्सका अनुसार फिल्ममा समावेश तेस्रो गीत पनि चाडै नै रिलिज गरिने भएको छ ।

मिलन चाम्सले निर्देशन गरेका यो फिल्ममा अभिनेता दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दिया पुन, विक्की जोशी, मोनिका गुरुङ, रुपा पुन, रितेश चाम्स, जेन बकल, हुप थापा, जेनीहा लिम्बु, गिरिराज घिमिरे, क्षितिज सुबेदी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको प्रस्तुति रहेको यो फिल्मलाई भवानी शर्मा, हिराल जोशी र मिलन चाम्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV