१९ पुष २०७४, बुधबार

काठमाडौं । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले वाम एकतालाई पदीय भागबन्डाले कुनै असर नपार्ने दाबी गरेकी छन् ।

राजधानीको एक कार्यक्रममा बोल्दै भुसालले दुई पार्टीका अध्यक्षबीच भएको सहमति र पार्टी एकता संयोजन समितिको संवादअनुरुप नै पार्टी एकता छिट्टै हुने र पदीय भागबन्डाले एकतामा असर नपर्ने बताएकी हुन् ।

भुषालले भनिन् एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणपश्चात कसले सरकारको नेतृत्व गर्ने भन्ने विषय गौण हन्छ । एमाले अध्यक्ष केपी ओली केही अस्वस्थ हुँदा एकताको छलफलमा ढिलाइ भएको भन्दै उनले ओली स्वस्थ्य भएसँगै पार्टी एकीकरणले तीव्रता पाउने उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV