१९ पुष २०७४, बुधबार

काठमाडौं । बुधबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम भएको छ । बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम २ दशमलभ २ डिग्री सेल्सियसमा झरेको मौसमविद्हरुको भनाई छ ।

यसअघि पुस १ गते २ दशमलव ८ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम त्यस यता भने बढ्दै गएको थियो । राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको हो । यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ८ डिग्रीमा झरेको छ ।

गएको वर्ष यो समयमा माइनस ३ दशमलव ६ डिग्री रहेको जुम्लाको तापक्रम मंगलबार माइनस् ५ दशमलव ८ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै जोमसोमको मंगलबारको न्यूनतम तापक्रम माइनस २ दशमलव २ र जीरीको माइनस २ डिग्री सेल्सियस मापन गरिएको छ ।
तापक्रम घटेसँगै देशभरि नै चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले बुधबार पश्चिमी पहाडी क्षेत्रको मौसम आशिंक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV