१९ पुष २०७४, बुधबार
  • सुवास गौतम,

बागलुङ । नेपालमानै लोपोन्मुख अवस्थामा रहेको विभिन्न साँस्कृतिक परम्परा तथा नाँचहरुलाई संरक्षण र प्रवद्र्धन गर्न आयोजित बागलुङ महोत्सव जारी छ ।

कला संस्कृतिको संरक्षण तथा पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको प्रदेश नम्बर ४ स्तरीय बागलुङ महोत्सवमा विभिन्न खाले लोपोन्मुख नाच प्रद्धर्शन गरिएको छ । मेलामा हनुमान नाच, सोरठी नाच र लाखे नाच प्रर्दशन गरिएको छ ।

हनुमान नाँच नेपालमा नै लोपन्मुख नाँच मध्येको एक नाँच हो जुन नेवारी समुदायहरुले ४ वर्षमा एक पटक निकालिन्छ । बागलुङको नेवारी समुदायको संस्कृति झल्काई जिल्लामा आउने पाहुनाहरुलाई स्वागत गर्न उक्त नाच नाँचिने गरिएको हनुमान नाँचका बाद्यवाधक युवराज श्रेष्ठ बताउनु हुन्छ ।

यस्तै मगर समुदायले परापुर्व काल देखि नाँच्दै आएको सोरठी नाँच पनि मेलाका अवसरमा पाहुनाहरुलाई स्वागत गर्न प्रदर्शन गरिएको छ । सोरठी नाँच मानिस जन्मको संस्कार देखि मृत्यु संस्कार गर्दासम्म प्रयोगमा ल्याइन्छ ।

त्यस्तै महोत्सवको अर्कोे आर्कषणको केन्द्र विन्दुको रुपमा हेरिएको लोपन्मुख नाच हो लाखे नाच । लाखे नाच पनि विभिन्न समुदायले विभिन्न समयमा नाच्दै आइरहेका छन् । महोत्सवमा आउने दर्शकहरुले पनि लाखे नाचलाई महत्वका साथ हेरेका थिए ।

मेलामा प्रदेश नम्बर चार भित्र रहेका विभिन्न खाले कला, संस्कृति झल्काउने खालको फोटो प्रर्दशनी समेत गरिएको छ । २३ गते सम्म चल्ने बागलुङ महोत्सवमा २० करोडको कारोवार गर्ने र २ लाख बढी दर्शक भित्रयाउने आयोजकले लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV