१९ पुष २०७४, बुधबार

क्यालिफोर्निया  । अमेरिकाको क्यालिफोर्निया निवासी एक युवती बैली गिब्शन ले आफ्नो प्रेमीले धोका दिएपछि कुमारीत्व लिलामी गर्ने निर्णय गरेकी छिन् ।

२३ वर्षिया गिब्शनले जसले उनको कुमारीत्व माथि सबैभन्दा बढी मुल्य लगाउने छ त्यसले नै उनको कुमारीत्व तोड्ने छ ।
गिब्शनले आफ्ना प्रेमीका लागि कुमारीत्व साँचेको र उसले धोका दिएपछि कुमारीत्व बिक्री गर्ने निर्णय गरेको  बताएकी छन् ।

अन्र्तराष्ट्रिय सञ्चार माध्यम डेली मेल अनुसार उनले एक वेश्यालय मार्फत् कुमारीत्व बिक्रीमा राखेको जनाएको छ ।गिब्सनलाई एक बर्षको हँुदा ल्याएर कसैले पालेका थिए ।आफ्नो निर्णयप्रति आलोचना गर्नेहरूलाई जवाफ दिदै उनी भन्छिन् पैसा कमाउनका लागि वैधानिक रूपमा शारीरिक सम्बन्ध राख्नुलाई अन्यथा लिनु आवश्यक छैन ।

उनको प्रेमी जो उच्च शिक्षा अध्ययनका बेला भेट भई प्रेममा परेका थिए र विवाह सम्म गर्ने योजनामा थिए तर अचानक प्रेमीले गिब्शनलाई धोका दिई अर्कै प्रेमिका राखेको थाहा पाएलगत्तै उनले आकस्मिक् रुपमा यस्तो कुमारीत्व लिलामी गर्ने निर्णय लिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV