१९ पुष २०७४, बुधबार

मोरङ । नैतिकताका आधारमा शेरबहादुर देउवाले सरकारबाट राजीनामा दिनुपर्ने कांग्रेसभित्रैबाट दबाब सुरु भएको छ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधानतः सरकारको नेतृत्व छोड्नुपर्ने अवस्था नभएपनि प्रधानमन्त्री देउबाले सरकारबाट राजीनामा दिनुपर्ने बताउनुभयो ।

प्रेस युनियन मोरङले बुधवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले संविधान कार्यान्वयनका लागि भएपनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो ।

उहाँले यसबाट लोकतान्त्रिक मूल्य मान्यता जोगिने विचार व्यक्त गर्नुभयो । उहाँले जनताले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षको भूमिकामा बस्न म्याण्डेट दिएकाले सरकार गठनको चलखेलमा लाग्न नहुने धारणा व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा नेता कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक तत्काल बोलाएर चुनावी समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मुलुक संघीयतामा गईसकेकाले विधान संशोधन गर्न पनि महाधिवेशन गराउनुपर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV