१९ पुष २०७४, बुधबार

काठमाडौं । बुधवारबाट राप्रपा पार्टीको कार्यसमितति बैठक सुरु भएको छ । निर्वाचनको समिक्षा तथा पार्टीको आगामी रणनीति तय गर्न राप्रपाको केन्द्रीय कार्यसमिति बैठक काठमाडौंमा सुरु भएको हो ।

बैठकमा अध्यक्ष कमल थापाले निर्वाचनमा पार्टीले हार व्यहोर्नु पर्नाको कारण र पार्टीको आगामी कार्यभार सम्बन्धी राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

३ दिनसम्म चल्ने बैठकमा पार्टीले चुनावी पराजयको सुक्ष्म समीक्षा गरी पार्टीको आगामी कार्यभार तय गर्ने पार्टीका सहायक प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकमा महामन्त्री जयन्त चन्दले पार्टीको संगठनात्मक र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन समेत पेश गर्ने कार्यसूचि छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ एक सिट मात्रै जित हात पारेको राप्रपाले निर्वाचनमा हार व्यहोरे पनि आफूहरुको एजेन्डाको भने जित भएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV