१९ पुष २०७४, बुधबार

एजेन्सी । मसानघाट हेर्न हरेक दिन पर्यटक आउलान ? कोही मान्छे किन मसानघाट घुम्न जालान ? विश्वको सबैभन्दा ठूलो मसानघाटन वादी-अल-सलम हेर्न हरेक वर्ष लाखौँ मानिस पुग्ने गर्छन् भन्दा अचम्म लाग्छ।

इराकको नजफ शहरमा रहेको यो मसानघाटलाई ‘पिस भ्याली’ को नामले चिनिने गर्छ। आतंककारी, खासगरि आइएस आइएसको गढ मानिने यो देशमा यति आतंककारी आक्रमण हुन्छन् कि हरेक वर्ष दिन यो मसानघाटमा २०० भन्दा बढी मृत शरिर गाडिन्छ।

जब इराकको वातावरण शान्त हुने गर्थ्यो तब हेरक वर्ष यो मसानघाटमा ८०-१२० मृत शरिर गाडिने गर्थ्यो। यो पिस भ्यालीमा ५० लाख भन्दा बढी मृत शरिर गाडिएको छ। यो मसानघाट १ हजार ४८५ एकड जमिनमा फैलिएको छ। लगफल १४०० वर्षदेखि यो क्षेत्रेमा मृत शरिर गाडिदै आएको छ।

किन आउँछन् पर्यटक ?

यो मसानघाटमा शिया धर्मको धर्मगुरु इब्न अबी तालिबलाई गाडिएको छ। उनका लाखौ अनुयाई हेरक वर्ष त्यहाँ पुग्छन्। कयौ शिया धर्मावलम्बीको अन्तिम इच्छा मृत्यु पछि त्यहाँ गाडिने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV