१९ पुष २०७४, बुधबार

काठमाण्डौं । अखिल क्रान्तिकारी, अनेरास्ववियु, वाईसीएल र युवा संघले सरकार र निर्वाचन आयोगविरुद्ध थप आन्दोलन चर्काउने भएका छन् । बुधबार बिहान बसेको संयुक्त बैठकले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक गर्न आलटाल गरेको र सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा आन्दोलनलाई थप चर्काउने निर्णय गरेको हो ।

बुधबार दिउँसो २ बजे प्रदर्शनी मार्गबाट विरोध जुलुस निकालिने अखिलका अध्यक्ष नबिना लामाले जानकारी दिएका छन् ।
यसैगरी पुस २० गते इन्धनको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गर्दै ध्यानाकर्षणपत्र बुझाउने र २१ गते सार्बजनिक सडक बहस गर्ने कार्यक्रम पनि तय गरिएको छ । ‘

प्रतिक्रिया दिनुहोस्

LIVE TV