१९ पुष २०७४, बुधबार

छविलाल बगाले

बजारमा दैनिक उपभोग्य बस्तुहरुको मूल्यमा अस्वभाविक बृद्धि र कृत्रिम अभाव समेत हुन थालेको छ । यसैको मौका छोपेर सरकारले पनि पेट्रोलियम पद्धार्थको मूल्यमा उल्लेख्य बृद्धि गरेको छ । नेपालमा हरेक सरकारको आगमन हुँदा उपभोक्ताले दैनिक उपभोग्य सामानको मूल्य घट्ने आशा राख्ने गरिएपनि सरकारको बर्हिगमन हुँदा जनताले उल्टै थप मूल्य बृद्धिको मार खेप्नुपरेको छ ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि मात्रै पेट्रोलियम पद्धार्थमा तीनपटकसम्म मूल्य बृद्धि गरियो । डिजल, पेट्रोल, ग्याँसजस्ता अति आवश्यकीय बस्तुको मूल्यमा कमी आउने आशामा बसेका उपभोक्ताहरु पछिल्लो मूल्यबृद्धि सँगै झनै निराश बनेका छन् । नेपाल आयल निगमले प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनको संघारमा पेट्रोलियम पद्धार्थको मूल्यमा बृद्धि गरेपनि प्रधानमन्त्री देउवाले निर्बाचनमा धक्का लाग्ने भन्दै आयल निगमलाई मुल्यबृद्धि तत्काल फिर्ता लिन आग्रह गर्नुभएको थियो । तर त्यही सरकारले फेरी उपभोक्ताको ढाड सेक्ने गरी पुनः मूल्य बृद्धि गरेको छ । तर आपूर्ति ब्यवस्थपन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले भने पेट्रोलियम पद्धार्थको मूल्यबृद्धि सरकारले नभई अन्तर्राष्ट्रिय मूल्य समायोजनका लागि मूल्यबृद्धि गरेको बताउनुभएको छ ।

बजारमा पेट्रोलियम पद्धार्थ मात्रै नभई दैनिक उपभोग्य बस्तुहरु दाल, चामल, तेल लगायतका सामग्रीमा समेत अस्वभाविक रुपमा मूल्यबद्धि भएको छ । सत्ता प्राप्तिका लागि राजनैतिक दलका नेताले चर्का कुरा गर्ने गरेको तर उपभोक्ताले खेप्दै आएको महंगीप्रति कु्नै चासो नदिएको कानुन व्यवसायी समेत रहनुभएका उपभोक्ताकर्मी ज्योति बानियाँको गुनासो छ ।

उपभोक्ताहरुले दुनियाँमा कही नभएको कालोबजारी नेपालमै रहेको भन्दै सरकारको आलोचना समेत गरेका छन् । ब्यापारीले धेरै नाफा कमाउने मनशाय राखेर बजारमा कृतिम अभाव सिर्जना गरे आफूहरु चुप लागेर नबस्ने आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक श्रेष्ठको भनाई छ ।

विभागका अनुसार गत आर्थिक बर्षमा ४ हजार ७ सय पसलमा अनुगमन भएको र चालु आर्थिक बर्षमा तीनहजार पसलमा अनुगमन भएका गरिएको छ । तर अनुगमन प्रोपोगाण्डामा मात्र सीमित जनता एवं उपभोक्ताले राहतको महसुस गर्न भने पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV