१९ पुष २०७४, बुधबार

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिक तर्फको परिणाम सार्वजनीक गर्न माग गर्दै गरेको विद्यार्थीको शान्तिपूर्ण आन्दोलनलाई दमन भएको नेकपा एमाले निकट अनेरास्ववियुकि अध्यक्ष नविना लामाले बताएकी छिन् ।

शान्तिपूर्ण जुलुसलाई नेपाल प्रहरीले हस्तक्षेप गरी आफ्नो संगठनका केन्द्रिय उपाध्यक्ष महेश वर्तौला, महासचिव ऐन महर लगायतका दर्जनौं कार्यकर्ता माथि लाठि प्रहार गरी घाइते बनाएकोमा गम्भीस ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जानकारी गराएकी छिन् । विज्ञप्तीमा सम्पूर्ण घाइतेहुनु भएका साथिहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै अब सरकारले तत्काल राजिनामा नदिए देशैभर सडक आन्दोलन गर्ने र त्यसबाट उत्पन्न परिस्थितीको जिम्मा अहिलेको कठपुतलि सरकारले लिनुपर्ने बताएकी छिन् ।

अध्यक्ष लामाले भनिन् ‘नालायक, असक्षम देउवा सरकार राजीनामा दे । जनजिबिकाको पक्षमा लड्दै आएको सगँठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्विका बिरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको ज्यादति निन्दनीय छ। अहिलेको सरकार तथा निर्वाचन आयोग भारतको इसारामा चलेको र जनताद्वारा ल्याएको संविधान भारतलाई वेच्ने दुष्प्रयार गरिरहेको उनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV