१९ पुष २०७४, बुधबार

सडक दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई १२ लाख रुपैयाँ क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले मंगलबार बिपी राजमार्ग दुई घन्टा अवरुद्ध पारेका छन् । बिपी राजमार्गमा पर्ने काभ्रेको पात्लेखेतमा मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

अवरुद्ध सडक खुलाउन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो । दुई घन्टा सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका थिए ।आइतबार काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बा ३ ख ५९५५ नम्बरको बसले ठक्कर दिँदा नमोबुद्ध नगरपालिका–१ निवासी ३७ वर्षीया फूलमाया तामाङको मृत्यु भएको थियो । सोमबार पीडित पक्ष, यातायात व्यवसायी र प्रहरीबीच भएको छलफलमा पीडित पक्षले १२ लाख रुपैयाँ क्षतिपूर्ति माग्दा सहमति जुट्न सकेको थिएन । भनेजति क्षतिपूर्ति नपाएपछि स्थानीयले मंगलबार दबाबस्वरूप सडक अवरुद्ध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV