१९ पुष २०७४, बुधबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सो पदबाट हटाउन फेरि चलखेल थालेका छन्। आजको नागरिकमा खबर छ ।

मन्त्रिपरिषद्को पुस १३ को बैठकमा पर्यटनमन्त्री देवले ‘नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमले असहयोग गरेपछि आफूले उनलाई हटाउन खोज्दा सचिव महेश्वर न्यौपाने र निर्वाचन आयोग बाधक भएको’ भन्दै आक्रोश पोखेका थिए ।

‘सचिवले पनि सहयोग गरेनन्, पछि मलाई त्यही विषयमा निर्वाचन आयोगमा लगेर उभ्याउने काम गरियो,’ मन्त्री देवले बैठकमा भनेका थिए, ‘अहिले आचारसंहिता लागेको छैन, नियुक्ति र केही सरुवाबढुवा गर्न खोजेको थिएँ, सचिवले दिँदै–दिँदैनन् ।’ एक उच्च सरकारी अधिकारीका अनुसार मन्त्री देव पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई प्राधिकरणको महानिर्देशक बनाउन ‘दिलोज्यान’ दिएर लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV