१९ पुष २०७४, बुधबार

काठमाडौँ  । मुलुकको वर्तमान अर्थव्यवस्थामा आएको तरलताका कारण उद्योग–व्यवसायमा समस्या परेको भन्दै नेपाल उद्योग परिसङ्घले समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ ।

परिसङ्घको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग मङ्गलबार भेट गरी तरलता सङ्कटले बैङ्किङ प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा वृद्धि हुँदा उद्योग र व्यावसायिक क्षेत्रमा प्रतिकूल असर परेको भन्दै प्रतिस्पर्धात्मक क्षमतामा पनि ह्रास आएको जानकारी गराएको छ । आजको गोरखापत्रमा खबर छ ।

अहिलेकै अवस्था कायम रहेमा आगामी वर्षभित्र मुलुकको व्यवसाय गर्ने लागत छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा हुने, अर्थतन्त्रको आकार बढेअनुरूपको आर्थिक व्यवस्थापन पक्ष कमजोर रहने जनाउँदै प्रतिनिधिमण्डलले वित्तीय अनुशासन कायम गरी ब्याजदरलाई वाञ्छित सीमाभित्र ल्याउन नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय, नेपाल बैङ्कर्स एसोसिएसन लगायतले उपयुक्त मौद्रिक नीति तथा वित्तीय उपकरण प्रयोग गर्नुपर्नेमा ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV