१८ पुष २०७४, मंगलवार

काठमाडौं । एमालेकाट नवनिर्वाचित सांसद तथा पूर्वडिआइजी नवराज सिलवालले उपत्यका छाडेका छन् । काठमाडौं प्रहरी परिसरले सिलवाललाई पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार बिहानै यनले काडमाडौं छाडेका हुन् ।

आइजिपी बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सर्वोच्च अदालतले केही साताअघि आइजिपी बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको ठहर गर्दै अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । उनी ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन् ।

सोही फैसलाका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्राचार गरिसकेको महानगरी प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले जानकारी दिए ।

सिलवालविरुद्ध गत ५ पुसमा महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको थियो । डिआइजीको कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै किर्ते गर्नेहरूलाई कारबाहीको आदेश दिएको सर्वोच्चको फैसलाको पूर्णपाठसहितको पत्र गएपछि सिलवालविरुद्ध जाहेरी दर्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV