१८ पुष २०७४, मंगलवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचन माघ २५ गते गर्ने निर्णय गरेका छन्।

राष्ट्रिय सभा निर्वाचन सम्बन्धी निर्वाचन आयोगले गरेको प्रस्ताव स्विकार्दै मंगलबार साँझ प्रधानमन्त्री देउवाले आयोगलाई जवाफ दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव र प्रधानमन्त्री देउवाबीच भएको भेटमा निर्वाचन मितिमा सहमति भएको हो।

उक्त सहमतिलाई बिहीवार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित गराउने सरकारको र यसअघि निर्वाचनबारे छलफल गर्न आयोगका आयुक्तहरुसँग आइतबार भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV