१८ पुष २०७४, मंगलवार

इरफान अलि,

पर्सा  । वीरगन्ज भन्सार कार्यालयले मंसिर महिनामा करिव ६१ करोड कम राजश्वय संकलन गरेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण नाका बन्द गर्नुपर्दा राजश्व संकलनमा कमी आएको वीरगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।

वीरगन्ज भन्सारले मंसिर महिनामा १० अर्ब ६५ करोड ६१ लाख ९४ हजार राजश्व संकलन गर्ने लक्ष लिएको थियो । तर, ६० करोड ९२ लाख ९८ हजार कम राजशव संकलन भएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको क्रमम तीन दिन नाका बन्द गर्नु पर्दा लक्ष अनुरुप राजश्व संकलन गर्न नसकिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेमन्त पोखरेलले जानकारी दिनुभयो ।

मंसिर महिनामै भारतको रक्सौलमा भएको क्लिन्कर आन्दोलनका कारण पनि राजश्व संकलनमा कमी आएको प्रमुख पोखरेलको भनाइ छ । भारतले लगाएको नाकाबन्दीको क्रममा निक्कै राम्रो राजश्व संकलन गरेको श्रीसिया बन्दरगाहले पनि पछिल्लो पाँच महिनामा लक्ष अनुसार राजश्व संकलन गर्न सकेको छैन ।

बन्दरगहाले चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको पाँच महिनामा २७ प्रतिशत कम राजस्व संकलन गरेको छ । पाँच महिनामा १० अर्ब ७५ करोड १८ लाख १६ हजार राजस्व संकलन गर्ने लक्ष राखेको बन्दरगहाले ७ अर्ब ८७ करोड ७३ लाख ९ हजार मात्र संकलन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV