१८ पुष २०७४, मंगलवार

सप्तरी । सप्तरीमा मोटरसाइकल दुर्घटनाहुदा दुई जनाको ज्यान गएको छ । कठौना–पातो सडकखण्ड अन्तर्गत शम्भुनाथ नगरपालिका–१०, स्थित डाक्नेश्वरीमा दुर्घटना भएको हो । मृत्यु हुनेमा सोही ठाँका २५ वर्षीय दिपेश चौधरी र २३ वर्षीय दीपक चौधरी रहेका छन् ।

बा २४ प २८६१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले जानकारी दिएका छन् ।

दुर्घटनामा गम्भीर चोट लागेका दुवै जनालाई उपचारका लागि तत्कालै सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरी निरीक्षक ढकालले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV