१८ पुष २०७४, मंगलवार
  • दीपक भट्ट,

रामेछाप । रामेछाप जिल्लाकै दोश्रो ठूलो सहकारी संस्था नबजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले आफ्ना शेयर सदस्यका बालबालिका अध्ययन गर्ने विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ ।

मन्थली नगरपालिका–२ टेकानपुरमा रहेको तामाकोशीका आधारभूत विद्यालयलाई दुई थान डेस्क्टप कम्प्युटर प्रदान गरेको हो । विद्यार्थीलाई प्राविधिक शिक्षा सिकाउने उद्देश्यले सहकारीले कमाएको मुनाफाको रकमबाट विद्यालयलाई कम्प्युटर प्रदान गरिएको संस्थाले जनाएको छ ।

संस्थाले दिएको कम्प्युटरको सही सदुपयोग गर्ने र विद्यार्थीलाई प्राविधिक शिक्षा दिनको लागि विद्यालयको तर्फबाट पनि थप ब्यवस्था गर्ने विद्यालय ब्यवस्थापन समितिको भनाई छ ।

२०५३ सालमा २५ जना महिला मिलेर स्थापना गरेको नव जागरण बचत तथा ऋण सहकारी संस्था अहिले जिल्लाकै दोश्रो ठूलो बचत संस्थाको रुपमा स्थापित हुन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV