१८ पुष २०७४, मंगलवार

काठमाडौं । नेपाली काँग्रेसका नेता केवी गुरुङले वीपी कोइरालाले देखाएको मार्गदशक सिद्धान्तलाई पार्टी नेतृत्वले अवलम्वन गर्न नसक्दा इतिहाको नै पीडादायी अवस्थामा काँग्रेस पुगेको बताउनुभएको छ ।

नेता गुरुङले बिपी बिचार राष्ट्रिय समाजले आयोजना गरको कार्यक्रममा पार्टी नेतृत्वले बिपी कोइरालाले देखाएको मार्गदशक सिद्धान्तलाई अवलम्वन गर्न नसकेको आरोप लगाउनुभएको हो । नेतृत्वले कहिलेकाही असहज निर्णय पनि गर्न सक्नु पर्ने तर त्यो पार्टीलाई दुरगामी फाइदाका लागि हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी कांग्रेस पूर्व सचेतक तथा केन्द्रीय सदस्य लक्ष्मण घिमिरे र लोकेश ढकालले समेत अहिलेको कांग्रेस केन्द्रयि पदाधिकारी सवैले नैतिकताको आधारमा राजीनामा दिएर पार्टीलाई नयाँ शिरावाट अगाडि बढाउन आवश्यक रहेको बताएका थिए ।

वीपी कोइरालाले भारतको निर्वासनवाट मेलमिलापको नीति लिएर आएको दिन पुष १६ गतेलाई नेपाली काँग्रेसले मेलमिलाप दिवसकोरुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV