१८ पुष २०७४, मंगलवार
  • सुवास लामिछाने,

पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्र्तगत पर्वत खण्डमा बन्न लागेको दुई वटा मोटरेबल पुलको एकै दिन शिलन्यास गरिएको छ । मोदी खोल र लमाय खोलामा पुल बन्नेपछि त्यस आसपासको जनजिवनमा सहजता आउने अपेक्षा गरिएको छ ।

कालीगण्डकी करिडोर अन्र्तगत पर्वत र स्याङ्जा खण्डमा चार वटा मोटरेबल पुल बन्दैछन् । ती मध्ये पर्वतमा पर्ने दुई वटा खोलामा बन्ने मोटरेवल पुलको शिलान्यास भएको छ । कुस्मा बजार नजिकै मोदीबेणीमा ९ करोड १४ लाख रुपैयाँको लागतमा एउटा पुल बन्ने छ भने लमाय खोलामा ५ करोड १३ लाख २ हजारको लागतमा अर्को पुल बन्ने छ ।

शिलान्यास भएको मोदीबेणी पुल २०७५ असारमा निर्माण सम्पन्न हुनुपर्ने छ । तर, स्थान परिवर्तन भएकाले तोकिएको समयभन्दा एक वर्ष ढिलो मात्र निर्माण सम्पन्न हुने कालीगण्डकी करिडोरले जानकारी दिएकोछ ।

मोदीबेणीमा पुल बनेपछि पर्वत सदरमुकाम कुस्माबजारदेखि प्रदेश नं २ का फलेबास, बिहादी, महासिला र पैञ्यु तथा बाग्लुङको जैमुनिवासी लाभान्वित हुनेछन् । करिडोर अन्र्तगत पर्वतमै पर्र्ने लमाय खोलामा पनि पुल निर्माण सुरु भएको छ ।

यस बाहेक पर्वतको बिहादी गाउँपालिका र स्याङ्जाको कृष्णगण्डकी गाउँपालिकाको बिचमा पर्ने सेतीबेणी र स्याङ्जाको मिर्मीमा रहेको आँधीखोलामा पनि पुल बन्ने भएको छ । यी चार वटा पुल बनेपछि मिर्मीदेखि पर्वतको मालढुंगासम्मको ५५ किलो मिटर सडकमा बाह्रै महिना यातयात चल्नेछन् ।

हाम्रो देशमा धेरै नदीहरु छन् । नदीहरुमा पुल नहुँदा आसपासमा बसोबास गर्ने धेरै मानिस कुनै न कुनै रुपमा प्रभावित छन् । नदीमा पुल बनेपछि भने जनजिवन सहज बन्छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने दुई वटा नदीमा पुल बनेपछि पनि यसरीनै जनजिवन सहज बन्नेमा धेरै मानिस आशावादी छन् । त्यसैले, दुबै पुल समयमै बन्नु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV