१८ पुष २०७४, मंगलवार
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा । ओखलढुङ्गामा छिमेकीको खुकुरी प्रहारवाट एक दम्पती घाइते भएका छन् । मानेभञ्ज्याङ्ग गाँउपालिका १ मा घरायसी रिसीबीका कारण छिमेकी टंक बहादुर बस्नेतको खुकुरी प्रहारबाट सोहि स्थानका ५१ बर्षिय चक्र बहादुर बस्नेत र उनक श्रीमती ५० बर्षिय सीता बस्नेत घाईते भएका छन् ।

घाईते मध्ये श्रीमना चक्र बहादुरको अवस्था गम्भिर छ । मंगलबार बिहान गोठजाने क्रममा लुकेर बसेका टंक बहादुरले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक टिका बहादुर कार्कीले बताए ।

खुकुरी प्रहारबाट गम्भिर घाईते भएका दम्पतीलाई तत्काल उद्धार गरी ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुमा ल्याएको भएपनि त्यहाँ उपचार हुन नसकेपछि थप उचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको छ ।

बस्नेत दम्पतीलाई खुकुरी प्रहार गर्ने घटना दोषी भनिएका टंक बहादुरलाई पक्राउ गरी थुनामा राखिएको प्रहरी निरिक्षक कार्कीले बताए । आरोपीत बस्नेत केही समय अघि मात्रै ज्यान मारेको मुद्धामा १० वर्षको जेल सजाय भुक्तानी गरि फर्केको ब्यक्ति समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV