१८ पुष २०७४, मंगलवार

काठमाडौं । एमालेको भातृ संगठन अनेरास्ववियुले मंगलबारको आन्दोलनमा आफ्ना नेता तथा कार्यकर्तामाथि कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग गरेको छ । पेट्रोलियन पदार्थको मूल्यबृद्धि तथा सरकारको विरुद्धमा गरेको आन्दोलनमा मंगलबार प्रहरीसँग झडप भएको थियो ।

प्रधानमन्त्रीको अपमान हुने गरी मुर्दा जुलुस निकालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ। झडपमा संगठनका उपाध्यक्ष महेश बर्तौला, महासचिव ऐन महर तथा अन्य नेताहरु शेखर बोहोरा र धर्मेन्द्र केसी घाइते भएका छन् ।

उनीहरुमध्ये बर्तौलाको टाउकोमा चोट लागेको छ। टाउकोमा उनको नौ टाका लगाइएको छ । त्यस्तै महासचिव महरको खुट्टामा चोट लागेको छ ।

त्रिचन्द्र क्याम्पसअघि भएको विरोध प्रदर्शनमा झडप भएको थियो । आफ्ना नेताहरुमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही नगरे थप आन्दोलन गरिने अनेरास्ववियुका ३ नम्बर प्रदेश इन्चार्ज समिक बडालद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV