१८ पुष २०७४, मंगलवार

शहरी विकास मन्त्रालयले अस्थायी राजधानी र प्रदेश संसद रहने स्थानहरुको खाका तयार पारेर मन्त्रिपरिषदमा प्रस्ताव लैजाने भएको छ ।

शहरी विकास मन्त्रालयले भौतिक पूर्वाधारका आधारमा सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेर मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भएको हो ।

मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो ।

अस्थायी राजधानी तोकिएको मध्ये प्रदेश नंम्बर १ को विराटनगर, प्रदेश नंम्बर २ को जनकपुर, प्रदेश नंम्बर ३ को भक्तपुरको ठिमी तोकिएको जनाइएको छ । त्यसैगरि प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नंम्बर ५ को दाङ, प्रदेश नंम्बर ६ को सुर्खेत र प्रदेश नंम्बर ७ को धनगढी अस्थायी मुकाम तोकिएको हो ।

शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको स्थलगत अध्ययन गरेपछि तोकिएको स्थान उपयुक्त हुने निष्कर्ष निकाल्दै अस्थायी राजधानी तोकेको हो ।अस्थायी रुपमा तोकिएका ती मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ ।

संवैधानिक रुपमा प्रदेश सरकारको दुई तिहाइ बहुमतले तोक्न सक्नेछ । भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, सञ्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको हिसाबलाई मध्यनजर गर्दै अस्थायी सरकारमुकाम तोकिएको जनाइएको छ ।

शहरी विकास मन्त्रालयले तयार पारेको खाकालाई मन्त्रिपरिषदको बैठकले अनुमोदन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV