१८ पुष २०७४, मंगलवार

सिन्धुपाल्चोक । सिन्धुपालचोक जिल्लाको जुगल गाउँपालिका २ का ७० बर्षिया सुकबहादुर तामाङकलाई धम्कीपुर्ण रुपमा एक महिलालाई बलतकार गरेको अभियोग लागेको छ ।। पूर्ववडाध्यक्ष समेत रहेका उनीमाथि बलात्कारको अभियोग लागेको हो ।

पिडीतका अनुसार घटना २८ बैशाखको हो । गोठमा सुतिरहेका वेला तामाङ आएको र आफलाई बन्दुक देखाउँदै आफुलाई शारीरिक सम्बन्धनको प्रस्ताव राखेको बताइन् । तर नाताले आफ्नो ठूलोबुबा पर्ने भएकाले प्रस्ताव अस्वीकार गरिनन् । तर, आप।ुमाथि बन्दुक तेर्स्याएपछि उनी निरीह भएको पिडीतको भनाई छ । बन्दुक देखाएर जबर्जस्ती गरेपछि कसैलाई भनेमा मारिदिने धम्की दिएर तामाङ आफ्नो घर तर्फ हिडेका थिए ।

त्यपिछि पिडीतलाई असोजदेखि सञ्चो भएन । पेट दुख्ने समस्या भएपछि आफन्तले ललितपुरको शान्त भवनस्थित अस्पतालमा पुर्‍याएका थिए । असोज २७ गते चेकजाचका क्रममा डाक्टरले गर्भवती भएको बताएपछि थप समस्यामा परेको बताइन् ।

गर्भपनतका लागि उनलाई दबाब दिइएको थियो । ‘अस्पतालमै गर्भ तुहाउने धेरै प्रयास भए तर, मैले मानिँन’ पीडित महिलाले भन्छिन् । समय धेरै भइसकेको भन्दै चिकित्सकले गर्भपतन गर्न अस्वीकार गरेपछि धनकुमारी गाउँमा र्फकैकी थिइन् । गाउँमा आएपछि ‘जसको गर्भ हो, उसले जिम्मा लिन’ भनेपछि गाउँमा सबैले घटनाबारे थाहा पाएका थिए ।

तर, अस्पतालमा चेकजाँच गरेको कागजपत्र पनि सुकबहादुरको ज्वाँइले च्यातेर फालिदिएका छन् ।

सुकबहादुर आफैं १७ कात्तिकमा जिल्ला प्रहरी कार्यालयमा आए र पीडितका दाइ लगायतका ६ जनाविरुद्ध गाली बेइज्यती मुद्दा दर्ता गरी फर्किए । गाउँमा म्याद आएपछि मात्रै गाउँलेले मुद्धाबारे थाहा पाए ।

पीडित अहिले गाउँ छाडेर पुनस्थापना केन्द्रमा आएकी छिन् । १२ बैशाख २०७२ को विनाशकारी भूकम्पमा परी उनको बुबाको मृत्यु भएको थियो भने घाइते भएकी आमा अपाङ्ग भएकी छिन् । सुकबहादुरको धम्कीका कारण आफूले गाउँ छाड्नु पर्दा आमाको भने बिच्चली भएको उनले बताइन् ।

तयसपछि जर्बजस्ती करणीको मुद्दा लिएर पीडित प्रहरी कार्यालयमा पुगेपनि म्याद गुजारेको भन्दै प्रहरीले जाहेरी लिएन ।

पीडितले नाता कायम र माना चामल भरिपाउँ भन्दै अदालतमा मुद्दा दायर गरेकी छन् । श्रीमान – श्रीमतीको नाता कायम गर्नु पर्ने र जन्मने बच्चाको न्वारनसमेत सुकबहादुरबाटै गर्नु पर्ने उनको माग छ । म्याद तामेल भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV