१८ पुष २०७४, मंगलवार
  • ज्योति कुमार पन्थी,

बर्दिया । अत्याधिक चिसो हुन थालेपछि बर्दिया जिल्लाको जनजिवन कष्टकर बनेको छ । सोमबार र मँगलबार बर्दिया जिल्लामा घाम नलाग्दा चिसो बढेपछि जनजीवन कष्टकर बनेको हो ।

आईतबार घाम लागेको भए पनि सोमबार र मगलबार घाम लाग्न सकेको छैन । आकासमा बादल सँगै तुवालो देखिएपछि अत्याधिक चिसो महसुस भएको छ ।
चिसो बढेपछि बिद्यालयहरुको अध्ययन समेत प्रभावित भएको छ भने स्थानीय बजारहरुमा समेत मानिसको चहलपहल घटेको छ ।

एकाएक मौसममा परिवर्तन आएपछि बर्दियामा मंगलबार तापक्रम ११ डिग्री सेल्सीयसमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV