१८ पुष २०७४, मंगलवार

काठमाडौं । गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउने उदेश्यले एउटै स्थानमा एकैपटक सबैभन्दा बढी मानिसहरुको सहभागितामा सस्वर वाचन कार्यक्रम हुने भएकोे छ ।

वुद्ध वर्न इन नेपाल शीर्षकमा गौतम वुद्धको उपदेश र वचन धम्मपदको सामुहिकरुपमा सस्वर वाचन गरि गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउने उदेश्यले कार्यक्रम हुन लागेको हो ।

नेपालीहरु एकतावद्ध भएको सन्देश प्रवाह गर्दै बौद्ध साहित्य र संस्कृतिलाई विश्वमाझ परिचित गराउने उदेश्यले सामुहिक रुपमा सस्वर वाचन गरिन लागेको गिनिज वल्र्ड रेकर्ड औपचारिक कार्यक्रम आयोजक समितिका अध्यक्ष दीपक शर्मा बजगाँइले जानकारी दिनुभयो ।

एकै स्थानमा करिब ५० हजार भन्दा बढी मानिसहरुको सहभागितामा वुद्ध वर्न इन नेपाल शीर्षकमा आउँदो माघ २७ गते टुँडिखेलमा कार्यक्रम गरिने उहाँको भनाई छ ।

यसअघि ४६ हजार ६ सय ६० जनाको सहभागितामा सन् २०१४ फेव्रुवरी २ मा भारतको नाममा रहेको विश्व कीर्तिमानलाई भङ्गगरी नेपालको नाममा कायम गर्ने प्रयास स्वरुप कार्यक्रम तय गरिएको आयोजकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV