१८ पुष २०७४, मंगलवार

पुस १८,२०७४ । तुलसीपुर उपमहानगरपालिका नीबासी चन्द्रबहादुर महतारा आफ्नो हातको चार औंला पोलेर खाने श्रीमती रिसमी महतरालाई छुटाउन जेल पुगेका छन् ।

गत पुस १२ गते चन्द्रबहादुर महताराकी श्रीमती रिसमीले रिसको झोंकमा आई श्रीमानका दायाँ हातका चारवटा औँला काटेर पोलेर खाएको कारण पक्राउ परेकी थिईन् ।हात काटीएपछि अत्यधीक रक्तश्राव भई उपचारको लागी अस्पताल प्र्याईएका चन्द्रबहादुर पाँच दिनको अस्पताल बसाई पछी घर नगई सोझै प्रहरीकोमा पुगेका थिए ।उनले जे हुनु भईसकेको अव श्रीमतीलाई छोडीदिनुपर्ने प्रहरी समक्ष भने घरमा वस्तुभाउ हेर्ने, खाना पकाएर दिने र लुगा धोइदिने मान्छे कोही पनि नभएकाले श्रीमतीलाई छोडिदिनुस के गर्ने ‘माया पनि लाग्छ हजुर, यसलाई यहाँ राखेर उता कसले काम गर्छ र ?चन्द्रबहादुरले भने, ‘ एक पटकलाई छोड्दिनुपर्‍यो।’

कुटपिट गर्ने हात क्यार्ने हो भनेर रिसका झोँकमा काटेँ, श्रीमती रिसमीले भनिन्, ‘ काम बिगार्ने बेला बिगारियो, अब त माया मान्नु त पर्‍यो, कसले स्याहार सुसार गर्छ र ?’ घटना भएको भोलिपल्ट रिसमीले श्रीमानले मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने गरेकाले सुतेको बेला हातका औँला काटेर अँगेनामा हालेर पोलेर खाएको प्रहरीलाई बयान दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV