१८ पुष २०७४, मंगलवार

पुष १८, काठमाण्डौं । माआवादी नेता सिपी गजुरेलले वर्तमान कामचलाउ सरकारले वैधानिक तवरले खुल्लमखुल्ला देशको ढुकुटी लुटिरहेको भन्दै आक्रोश ब्यक्त गरेका छन्।

मंगलबार बिहान सिरहाको लहानमा आयोजित पत्रकार सम्मेलनमा नेता गजुरेलले काम चलाउ हैसियतमा झरेको देउवा सरकारले देशमा समृद्धि ल्याउने सपना बाँड्दै राहतका नाममा देश लुटिरहेको आरोप लगाएका छन्।

गजुरेलले भने ‘हप्ता दिनमै दुई दुईपल्ट पेट्रोलियम पदार्थको मूल्य वृद्धि, राहतका नाममा कार्यकर्तालाई करोडौँ रुपैयाँ वितरण र पूर्व भइसकेका सांसदलाई संसदीय विकास लागि भन्दै अर्बौं रुपैयाँ वितरण गरीनु वैधानिक लुट र राजनीतिक भ्रष्टाचार हो’ देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय संयोजकसमेत रहेका गजुरेलले माओवादी केन्द्रसँग कुनै हालतमा आफ्नो पार्टी एकता हुननसक्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV