१८ पुष २०७४, मंगलवार

दीपक भट्ट

रामेछाप । गरीबी निवारण कोषको जीविकोपार्जन कार्यक्रम अन्तर्गत रामेछापको लिखु गाउँपालिको नागदहमा सञ्चालन गरिएको घुम्ती कोष कार्यक्रमको सम्झौता अवधि सकिएको चार वर्ष वितिसक्दा पनि गरीबी निविरण कोष अन्तर्गत गठन भएका स्थानीय समूहले पाउँनु पर्ने पैसा पाउन सकेका छैनन् । गरीबी निवारण गर्ने नाममा गरीबी निवारण कोषले रामेछापका सोझा सिधा नागरिकलाई हैरानी मात्रै पारेको छैन की उनीहरुमाथि ऋणको भार पनि थपेको छ ।

गरीबी घटाउने नाममा गाउँगाउँमा गठन गरेको समुहलाई संस्थाले २०७० सालमा स्थानीय समूह गठन गरेर भैसी पालनको लागि पहिलो किस्ता रकम दिएको थियो । भैसी खरिद गरेर ल्याएपछि दोस्रो किस्ता दिने संस्थाले जनाएपछि समुहमा रहेका सदस्यहरुले भैसी किन्न थप पैसा गाउँमा सयकडा ५ प्रशितमा ऋण काडेर भैसी खरिद गरी घरमा ल्याएका थिए । संस्थाले २०७३ असोजसम्म दिइसक्नु पर्ने दोश्रो किस्ता वापतको रकम अहिलेसम्म नदिएपछि किसानहरु थप मारमा परेका छन् । संस्थाका सदस्यहरुलाई अहिले साहुसँग काडेको ऋण कसरी तिर्ने भन्ने थप चिन्ताले सताएको छ । संस्थाले नागदहमा गठन गरिएको ४ वटा समूहमा गरि गरीबी निवारण कोषले ४ लाख २४ हजार ५ सय ३० रुपैया दिन बाँकी रहेको छ ।

गरीबी निवारण कोषले सहयोग दिने आशा देखाएपछि आपूmहरुले खुसी भएर परियोजनाको नियम अनुसार काम गरे पनि अहिले परियोजनाले उल्टै ऋणमा डुवाएकाले आफुहरु चिन्तित बनेको किसानहरुको गुनासो छ ।गरीबी निवारण कोषले स्थानीय समूहले पाउनुपर्ने पैसा निकासा नगरि दिएकाले आपूmलाई समेत समस्या भएको सामाजिक परिचालकको भनाई छ ।

पैसा निकासाका लागि केन्द्रमा पटक–पटक ताकेता गर्दा पनि रकम निकास नगरिदिएको जीविको पार्जन कार्यक्रममा सुरपभाइजर कर्ण विकको भनाई छ ।

स्थानीयले गरीबी निवारण कोषबाट पाउनुपर्ने दोश्रो किस्ता वापतको रकम पाएका छैनन । तर २०७४ को असार मसान्तमै निकासा भइसकेको देखिएको कोषका जिल्ला कार्य प्रबन्धक ध्रुव लामिछानेले जानकारी दिनुभयो ।

गरीबी निवारण कोषले जिल्लामा ९ वटा सहयोगी संस्था मार्फत १ हजार ५ सय ४ वटा स्थानीय समूह गठन गरि जीविको कार्यक्रम सञ्चालन गरेको छ । तर रामेछापमा देखिएको कोषको यो शैलीले कोषमाथि नै प्रश्न चिन्ह लगाउन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV