१८ पुष २०७४, मंगलवार

कलैया, पुस १८। केही दिनदेखिकोे शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले सो निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु साहले जानकारी दिनुभयो ।यो खबर आजको गोरखापत्रमा छपिएको छ ।

शीतलहरका कारण अत्यधिक जाडो बढेपछि बालबालिकालाई पठनपाठनमा कठिनाइ भएकाले यही पुस १७ देखि २१ गतेसम्म पाँच दिनका लागि विद्यार्थीलाई बिदा दिई विद्यालय बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV