१८ पुष २०७४, मंगलवार

काठमाडौँ,पुस १८ : बेपत्ता आयोगले द्वन्द्वकालमा हराएका झन्डै चार सय नागरिकको ‘मृत्यु भएको’ अनुमानसहित बाँकी छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा फाइल पठाएको छ ।

पीडित परिवारबाट परेका करिब तीन हजार उजुरीमध्ये चार सय फाइल बेपत्ता आयोगले टीआरसीमा बुझाएको हो । राज्यको अधिकारसम्पन्न जिम्मेवार निकायले छानबिनबिनै बाह्य सूचनाको भरमा टीआरसीमा उजुरीको फाइल पठाएपछि पीडित आक्रामक बनेका छन् ।हत्याको आशंकासहित बेपत्ताबाट गएका फाइलमा टीआरसीले पनि क्षेत्राधिकारको प्रश्न उब्जाउँदै छानबिन नगरे अकारण अलपत्र पर्ने सम्भावना छ ।

बेपत्ता व्यक्ति मृतक भएको पुष्टि भए तत्काल परम्पराअनुरूप परिवारजनले काजकिरियासमेत गर्नुपर्ने हुन्छ । तर, मृतक पुष्टि नभएसम्म जीवितको सम्भावना रहने हुँदा धार्मिक संस्कार गर्न मिल्दैन । आधिकारिक विज्ञ संलग्न टोलीले ‘एन्टिमार्टम’ वा ‘पोस्टमार्टम’ नगरी बेपत्ता व्यक्तिलाई मृतक ठहर गर्न पनि सकिँदैन ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

सर्वाधिक बेपत्ता कहाँ-कहाँ ?

जिल्ला संख्या

बर्दिया २५७

बाँके १२०

दाङ ११७

रोल्पा ९७

बैतडी ७१

सुर्खेत ६८

काभ्रे ४०

रुकुम ४९

जाजरकोट ३१

अछाम ४७

कैलाली ५५

कञ्चनपुर ८५

डडेल्धुरा ४३

स्याङ्जा ४७

कास्की ४३

गोरखा ३०

सल्यान ५६

कालिकोट ३६

उदयपुर ४१

सिन्धुपाल्चोक ३५

सिरहा ३८

मोरङ ३२

नुवाकोट ३२

प्रतिक्रिया दिनुहोस्

LIVE TV