१७ पुष २०७४, सोमबार

काठमाडौं । फिल्म ‘उल्झन’को फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको फिल्मको फर्स्टलुकमा फिल्मका तीन मुख्य पात्रलाई प्रस्तुत गरिएको छ ।

यस पोष्टरमा अभिनेता ध्रुव दत्त, अभिनेत्री रजनी के.सी., र बेनी ढुंगानालाई पोष्टरमा अटाइएका छन् । तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेको फिल्ममा नारायण ढुंगाना, नबिन अधिकारी र हरिकृष्ण कार्की निर्माता रहेका छन् । ‘उल्झन’ले युरोपमा रहेका नेपालीहरुको संघर्षको कथा बोल्छ ।

‘उल्झन’ जनवरी र फेब्रुअरीमा युरोप र लण्डनमा प्रदर्शन हुनेछ । फिल्मको युरोप प्रदर्शनको तयारीका लागि निर्देशक राजु अधिकारी यतिबेला युरोपमा छन् ।

फिल्ममा आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा रहेको छ । फिल्मको नेपाल प्रदर्शन मिति चैत्र २ गतेलाई कन्फर्म गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV