१७ पुष २०७४, सोमबार
  • रिया भण्डारी,

काठमाडौं । देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत अधिकांश नर्सहरुको वास्तविक पीडा दुःख लाग्दो बनेको छ ।

स्थायी जागिरको आशमा बर्षौसम्म सरकारी स्वामित्वको अस्पताल मै भोलेन्टियरकोरुपमा काम गरेका नर्सहरुलाई निकाल्ने परिपाटीले नर्सहरु पेसाप्रति निराश बन्दै गएका छन् ।

मानब अंग प्रत्यारोपण केन्द्रले आफुहरुलाई निकालेको भन्दै केहि नर्सहरु न्याय खोज्दै स्वास्थ्य मन्त्रालय धाउन थालेको ६ महिना भन्दा बढी भैसक्यो तर न्याय नपाएको उनीहरुको गुनासो छ ।

सरकारी होस् वा निजी केहि महिना वा बर्षौ पनि भोलेन्टियर गराएर स्थायी कर्मचारी बनाउनुको सट्टा जाउ भन्ने परिपाटी अधिकांस अस्पतालमा विद्यमान छ । यस्तो परिपाटीबाट दिक्क भएर कति नर्सहरु विदेश पलायन हुने गरेका पनि छन् त कति श्रम शोषणको बिरुद्द कानुनी लडाई लड्छन् ।

पछिल्लो केहि महिना देखि सरकारी स्वामित्व कै अस्पताल भक्तपुर मानब अंग प्रत्यारोपण केन्द्रमा यस्तै उदाहरण पेश भएको पीडित नर्सहरु बताउछन् । अस्पतालले बर्षौ देखि भोलेन्टियर गराएर लिखितमा पहिलो नम्बरमा नाम निकालेकी नर्सलाइ अन्र्तवार्तामा फेल गराएको पीडित नर्सको गुनासो छ ।

यसरी सरकारी अस्पतालले नै नर्सहरु माथि अत्याचार गरेको भन्दै कति दिन सम्म आफुहरु राज्यका लागि निशुल्कमा श्रम दान गरौ भन्ने प्रश्न नर्सहरुको छ ।

नर्सहरु माथि हुने बिभिन्न शोषण बिरुद्द आवाज उठाउदै आएको एन्टिकरप्सन मुभमेन्ट नर्सिङकी अध्यक्ष दिया भण्डारीले सरकारी संस्थामा मै नर्समाथि भएको यो अन्याय बिरुद्द न्याय नपाए सम्म लड्ने बताउनुभयो ।

पीडित नर्सहरुलाइ साथ दिन अहिले नर्सहरु एकजुट भएका छन् । त्यस्तै बरिष्ठ नर्स जिता बराल नर्स माथि भएको आर्थिक मानसिक र शारीरिक शोषण बिरुद्द अब लडेरै छाड्ने बताउनु हुन्छ ।

कर्मचारी लिने प्रक्रिया र प्राबधान मै भोलेन्टियर गरेको बर्षौ देखि काम गरेको अनुभवीहरुलाइ प्राथमिकतामा राखेर स्थायी गर्नु पर्ने हो तर नाताबाद र कृपाबादले जरा गाडेको नेपाल जस्तो मुलुकमा त्यसो हुन् सकेको छैन जसले गर्दा नर्सहरुमा पेशाप्रति नै निराशा थपिदो छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV