१७ पुष २०७४, सोमबार

काठमाडौं । नव गायक डि.बि.लिम्बुले अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन् । गायक लिम्बुले आफ्नो श्रोता तथा दर्शकहरुको लाथि नयाँ वर्षको पावन अवसरमा ‘माथि हे¥यो’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गायक लिम्बुले यो गीत अंग्रेजी नयाँ वर्ष आउनु केही दिन अगावै रिलिज गरेका थिए । दिपेन्द्र खड्काको शब्द तथा सि.डि.विजय अधिकारीको संगीतमा गायक लिम्बुले यस गीतलाई आकर्षक स्वरबद्ध गरेका छन् ।

गीतलाई राजु कार्कीले एरेञ्ज गरेका हुन भने भिडियोलाई रमेश संग्रोलाले छायाँकन गर्नुका साथै सम्पादन पनि गरेका हुन् । गायक लिम्बुले आफ्नो नयाँ गीतलाई सुनेर तथा हेरेर सल्लाह तथा सुझाव दिन आग्रह गर्दै अंग्रेजी नयाँ वर्षको शुभकामना ब्यक्त गरेका छन् ।

https://youtu.be/c4ySzD0icjQ

प्रतिक्रिया दिनुहोस्

LIVE TV