१७ पुष २०७४, सोमबार

एजेन्सी । के तपाईंलाई लाग्छ, लोक प्रचलित उपचारले काम गर्दैन ? तर यस्तो हुँदैन । थुप्रै यस्ता औषधी र उपचार छन् जुन आज पनि प्रभावकारी छन् ।

तपाईंलाई अचम्मका लाग्ला कि नाइटोमा तेलको केही थोपा लगाउँदा तपाईंलाई कति फाइदा हुन्छ ? नाइटोमा तेल लगाउँदा जोर्नी दुखाई, घुँडाको दुखाई, रुघा–खोकी र छालासम्बन्धि रोगबाट राहत पाइन्छ । जस्तै, नाईटोमा तेलको केही थोपा लगाउँदा अनगिन्ती फाइदाहरु यस्ता छन् ः

फुटेको ओठ र जोनीको दुखाईः

आफ्नो नाइटोमा तोरीको तेलको केही थोपा लगाउनुहोस् । तपाईंलाई अचम्म लागिरहेको होला तर यो प्राचिन औषधी निकै फाइदाजनक हुन्छ ।

के तपाईंलाई रुघा खोकी लागेको अवस्थामाः

यस्तो समस्या छ भने कपासको डल्लोलाई रक्सीमा डुबाउनुहोस् र नाइटोमा लगाउनुहोस् । यति गर्दा तपाईंको यो समस्या हट्छ ।

महिनावारी हुँदा ऐठन र अत्यधिक पीडा हुँदाः

  • कपासको डल्लोलाई ब्रान्डीमा भिजाउनुहोस् र यसलाई नाइटोमा राख्नुहोस् ।
  • निमको तेललाई केही थोपा नाइटोमा हालेर त्यसको वरिपरि मसाज गर्दा तपाईंको डण्डीफोर निको हुनसक्छ ।
  • बदामको तेलको केही थोपा नाइटोमा लगाउँदा अनुहार गोरो र चम्किलो हुन्छ भन्ने गरिन्छ ।
  • नरिवल वा जैतुनको तेलको केही थोपा नाइटोमा लगाउनुहोस् र बिस्तारै मसाज गर्नुहोस् । यसले प्रजनन क्षमता बढाउने गर्दछ ।
  • के तपाईंलाई स्वस्थ र नरम छाला चाहिन्छ ? त्यसो भए गाईको घ्यूलाई नाइटोमा लगाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV