१७ पुष २०७४, सोमबार
  • इरफान अलि,

पर्सा । पछिल्लो वर्ष नेपालमा पनि अंग्रेजी नयाँ वर्षको रौनक बढ्न थालेको छ । नयाँ वर्षको रौनक बढेसँगै त्यसको प्रभाव विभिन्न क्षेत्रमा पर्न थालेको छ । अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा पर्सामा मासुको व्यापार अनपेक्षित बढेको छ ।

नयाँ वर्षको अवसर शुभकामना आदानप्रदानमा मात्रै सीमित रहँदैन । सँगै, मिठा–मिठा खानपान पनि जोडिन्छ । खानपानमा पनि मासु र मदिराजन्य वस्तुको अधिक खपत हुन्छ ।

त्यसैले होला, सन् २०१८ को सुभारम्भमा पर्साका विभिन्न क्षेत्रमा मासुको व्यापार बढेको छ । पर्साका माछा–मासु पसलमा ग्रहकको भिडभाड देखिएको छ । वीरगजको माईस्थान, विर्ता, वसपार्क, मुर्ली लगायतका क्षेत्रमा मासुको व्यापार राम्रो भएको छ । नयाँ वर्षको अवसरमा दशै, तिहार, छठ जस्तै मासुको व्यापार बढेको व्यापारीहरु बताउँछन् ।

वीरगंज क्षेत्रमा खसीको मासु प्रति किलो ७ सय ५० र कुखुराको मासु प्रति किलो २ सय ४० रुपैयाँ पर्छ । महंगै, भए पनि मासु पसलमा ग्राहकको भीड लाग्ने गरेको छ । अन्य चार्डहरु जस्तै, नयाँ वर्षमा पनि आफन्त र पाहुनासँग मिठो मसिनो खाने परम्परा बढेको स्थानीय उपभोक्ता बताउँछन् ।

हाम्रो देशमा सामाजिक र धार्मिम मुल्य मान्यताका आधारमा विभिन्न चार्ड पर्वहरु मनाउने गरिन्छ । यस्ता चार्ड पर्वहरुले हाम्रो सांस्कृतिक मुल्य मान्यतालाई बलियो मात्र बनाउँदैन सँगै जोडिएका विभिन्न आयामहरुले विभिन्न क्षेत्रमा फाइदा पु¥याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV