१७ पुष २०७४, सोमबार

एजेन्सी । फिल्म ‘बाहुबली’बाट विश्वमै चर्चित बनेका अभिनेता प्रभासले केहि समय पहिले जीक्यु म्यागेजिनको कवर पेजको तस्वीर सेयर गरेका छन् ।
यसै तस्वीर सेयर गर्दै चर्चित अभिनेता प्रभाषले आफ्नो फ्यानहरुलाई नयाँ वर्ष २०१८ को शुभकामना दिएका छन् ।

जीक्यु म्यागाजिन इन्डियाको २०१८ को यो पहिलो इडिशनको लागि प्रभाषलाई चुनेको छ । त्यसोत, अभिनेता प्रभाष पनि यो तस्वीरमा निकै हेण्डसम देखिरहेका छन् ।

प्रभाषले यो तस्वीर सेयर गरेको केहि समय देखिन नै सोसल मिडियाहरुमा ट्रेण्डिङमा आईरहेको छ । साथै प्रभाषको आफ्नो फ्यानहरुले यो गिफ्ट निकै पराएका छन् ।

प्रभाषले सेयर गरेका यो तस्वीरमा रोयल ब्लु थ्री पिसमा देखिएका छन् । उनले यसको अलवा ग्रेइस ब्लु शर्ट र रोयल ब्लु टाईमा सजिएका छन् ।
यो ड्रेसमा प्रभाष अत्याधिक हेण्डसम देखिएका छन् ।

अहिले उनी आफ्नो अपकमिङ प्रोजेक्ट ‘साहो’को सुटिङमा ब्यस्त छन् । यो फिल्ममा प्रभाषको साथमा नायिका श्रद्धा कपुर पनि लिड रोलमा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV