१७ पुष २०७४, सोमबार

काठमाडौं । न्यु इयर २०१८ को अवसरमा जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्ग क्षेत्रका रेष्टुरेन्ट तथा डिस्कोहरुलाई बिहान ४ बजेसम्म खोल्न अनुमती दिएको छ ।

ठमेल र दरबारमार्ग क्षेत्रमा थप प्रहरी परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। सामान्य अवस्थामा रेष्टुरेन्टहरु १२ बजे र डिस्कोहरु २ बजेसम्म संचालन हुँदै आएका थिए । ४ बजेसम्म खोल्ने अनुमती दिएपछि प्रहरीले बिशेष सुरक्षा रणनीति बनाएर कार्यान्वायन सुरु गरेको छ।

४ बजेसम्म खोल्न दिने निर्णय भएको र कुनै नराम्रो घटना हुन नदिन आफुहरुले सुरक्षा योजना बनाएको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेलले बताए।

मदिरा पिएर हो हल्ला गर्नेहरुलाई पक्राउ गर्न निर्देशन दिइएको छ। त्यस्तै लागूऔषधको सेवन समेत हुनसक्ने भएकाले सादा पोशाकमा समेत प्रहरी खटाइएको छ। मदिरा सेवन गरी झै झगडा हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्ने प्रहरीको योजना छ।

डिस्कोहरुमा क्षमता भन्दा धेरै व्यक्तिलाई प्रबेश नगराउने प्रहरीले निर्देशन दिइएसकेको छ । मदिरा सेवन गरेर सवारी चलाउने र दुर्घटना हुनसक्ने भएकाले त्यसलाई रोक्न दरबारमार्ग, पुतलीसडक, जमल, लैनचौर, नयाँबजार लगायत क्षेत्रमा बिहानैसम्म मापसे चेकिङ गरिने महाशाखाले जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि बिशेष चेकिङ गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV