१७ पुष २०७४, सोमबार

काठमाडौं । कलिउड तथा बलिउड नायिका मनिषा कोइराला उपचारका लागि नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा आएकी छन् । आइतबार उनी परिवारसँगै चिकित्सालयमा आएकी हुन् ।

मनिषाकी पिता प्रकाश कोइराला र आमा सुस्मा कोइराला पनि उनी सँगै आएका छन् । मनिषाले चिकित्सालयको निरीक्षण पछि पत्रकारहरुसँग संक्षित्त कुरा गर्दै चिकित्सालयको बारेमा आफन्तबाट सुनेको बताइन ।

‘ म बिरामी भएपछि प्राकृतिक चिकित्सालयप्रति आशा र भरोसा जाग्यो । म भारतमा पनि धेरै चिकित्सालयमा पुगेकी छु । र यसको पद्धति र महत्व बुझेको छु’ उनले भनिन् ।

कोइरालाले आजको रात चिकित्सालयमै बस्ने बताएकी छन् । उनले भनिन्, ‘म यहाँ बसेर वातावरण बुझ्छु अनि घरसल्लाह गरेर डिसिजन लिन्छु ।’ नयाँ वर्ष मनाउनका चितवन आएका बेला चिकित्सालय निरीक्षण आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV