१७ पुष २०७४, सोमबार

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक नभएको विषयमा नेकपा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा निर्वाचन आयोग जाने भएका छन् । उनिहरु आयोगमा सोमबार ३ बजे पुग्ने जनइएको छ ।  नेकपा माओबादी केन्द्रका शिर्ष नेता र एमालेका तर्फवाट पुर्वसभामुख सुवास नेम्वाङसहितका नेता निर्वाचन आयोग जाने भएका हुन् ।

आयोगका पदाधिकारी र एमाले नेताहरुबीच जुहारी चलिरहेका बेला यो भेट हुन लागेको हो ।
आयोग पदाधिकारीलाई कसैको दबाबमा नपर्न र समानुपातिकको परीणाम सार्वजनिक गर्न आग्रह गरिने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

आयोगले राष्ट्रियसभा गठन नभएसम्म समानुपातिकको परीणाम सार्वजनिक गर्न नसकिने बताएको छ । तर, एमाले नेताहरुले भने आयोगमाथि शंका लागेको बताईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV