१७ पुष २०७४, सोमबार

एजेन्सी । नाइकले लिभरपुलका स्टार फिलिप कोन्टिन्होको नाम प्रयोग गरेर बार्सिलोनाको जर्सीको विज्ञापन गरेको छ । नाइकले बार्सिलोनाका लागि आवश्यक जर्सी बुटसहितका सामग्री उत्पादन गर्दै आएको छ ।

नाइकले आफ्नो वेबसाइटमा लिभरपुल स्टार कोन्टिन्होको नाम रहेको जर्सीको विज्ञापन गरेको हो । बार्सिलोनाले कोन्टिन्होलाई क्लब भित्र्याउने तीनपटकसम्म प्रयास गरेको थियो । तर त्यसमा सफल भने भएन ।

अब जनवरी विण्डोमा कोन्टिन्हो बार्सिलोना आउन सक्ने सम्भावना रहेको खबर छ । तर उनी अहिले पनि लिभरपुलमै छन् र क्लबका प्लेमेकर हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV