१७ पुष २०७४, सोमबार

गणेश

सन् २०१७ लाई बिदाई गर्दै २०१८को विश्वभर स्वागत गरिएको छ । पछिल्लो समय विदेशी संस्कृति अंगाल्ने क्रममा नेपालमा समेत केही दशक यता अंग्रेजी क्यालेण्डर अनुसारको नयाँ बर्षको रौनक निकै बढ्दै गएको छ ।

राजधानी लगायत देशका बिभिन्न स्थानमा अंग्रेजी नयाँ बर्ष धुमधामका साथ मनाइएको छ । डिसेम्वर ३१ लाई न्यूयर इभका रुपमा नेपाली र बिदेशी पर्यटकहरुले भव्य रुपले मनाएका छन् । काठमाडौंको ठमेल र पोखराको लेकसाइडमा राती अवेरसम्म केही बिदेशी पर्यटक सहित नेपाली युवा पुस्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पोखराको लेकसाईडमा सडक महोत्सवको समेत आयोजना भएकाले अन्य स्थानभन्दा पोखरामा नयाँ बर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमहरु बिशेष रहदै आएको छ । हेरक बर्षको डिसेम्वर २८ देखि १ जनवरीसम्म पोखरामा सडक महोत्सवकमा रुपमा मनाउदे आएका छन् । सडकमै खाऊ, सडकमै नाचौ र सडकमै रमाऊ भन्ने नारा सहित हरेक बर्ष पर्यटकीय नगरी पोखराका होटल व्यवसायीहरु मिलेर अंग्रेजी नयाँ बर्षको शभारम्भमा झण्डै ४ किलोमिटर क्षेत्रमा आफनो सेवा सडकमा नै ओर्लेर दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV