१६ पुष २०७४, आईतवार
  •  प्रदीपराज दाहाल,

सन् २०१७ लाई इतिहासमा बनाउँदै नयाँ वर्षको स्वागत गर्न विश्व एक भएको छ, यतिखेर। वर्षभरि भएका विभिन्न समस्याहरुलाई इतिहासको अंश बनाउँदै नयाँ वर्षमा, नयाँ सोचका साथ अघि बढ्न लालायित छन् । २०१७ साललाई फर्केर हेर्ने हो भने यो वर्ष पनि अन्य वर्ष जस्तै उत्तारचढावको वर्ष रह्यो ।

राजनीतिक, सामाजिक रुपमा आएको परिवर्तनले मुलुकका केहि घटनाक्रम इतिहास बन्न सफल बने भने केहि कहिल्यै विर्सन नसक्ने पनि ।

अंग्रेजी नयाँ वर्षलाई धुमधामका साथ स्वागत गर्न एक भएको विश्व नै सन् २०१७ मा भने विभिन्न राजनीतिक, सामाजिक घटनाक्रमको साक्षी बन्यो । सबैभन्दा राजनीतिक घटनाक्रमले पश्रय पाएको २०१७मा उतारचढाव समेत यिनै विषयले ल्याएका थिए । शक्तिशाली राष्ट्रको रुपमा चिनिएको अमेरिकाको निर्वाचन यो वर्षको सबैभन्दा अविस्मरणीय घटना बन्यो ।

सबैको सोच भन्दा विल्कुलै फरक गरेर आएको निर्वाचन परिणामबाट हिलारी क्लिन्टनलाई पछि पार्दै अमेरिकाको ४५ औं राष्ट्रपति बने डोनाल्ड ट्रम्प । रुससँगको निर्वाचनमा ट्रम्पको साँठगाँठ र कतारमा लगाइएको नाकाबन्दी देखि इजरायलको राजधानी तोक्ने विषयले समेत विश्व राजनीतिमा हलचल ल्यायो । चर्चामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले लिएको हरेक विषयले विश्वको ध्यान तानियो ।

७ मुस्लिम राष्ट्रलाई अमेरिका छिर्न प्रतिबन्ध देखि मेक्सिकोमा पर्खाल लगाउने लगायतका विषयले समेत चर्चा पायो । यता उत्तरकोरियाको अडानले सीमा नाघेर क्षेप्यास्त्रहरु परीक्षण भए जसले शक्तिशाली मुलुकहरुलाई एक ठाउँमा उभिएर उत्तरकोरियाविरुद्ध कडा निर्णय लिन बाध्य बनायो । यता छिमेकी चीनमा सी जिन पिङ दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिदा चीनले पनि धेरैको ध्यान तान्यो ।

सन् २०१७ मा विभिन्न मुलुकमा आतंकवादीको आक्रमणमा परि धेरैको मृत्यु भयो जसको धेरै पटक शिकार बेलायत हुन पुग्यो । चीन र भारतबीचको दोक्लम विवाद, भारत र पाकिस्तानबीचको टकरावले दक्षिण एसियामा समेत विश्वको ध्यान तानियो । सबैको विश्वासिलो पात्र बनेकी म्यानमारकी नेतृ आङसाङ सुकीमाथि प्रश्न चिन्ह् समेत तेर्सिन पुग्यो ।

रोहिग्या मुसलमानको विषयमा कुनै ठोस निर्णय लिन नसकेको र राष्ट्रसंघमा समेत नआएकाले सुकीलाई प्रभावशाली व्यक्तिको सूचीबाट समेत हटाएर २०१७ लाई थप चर्चामा ल्यायो । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काँग्रेसको चर्चाले पनि यस वर्ष लगभग विश्वकै मिडियामा स्थान पाउन सफल भयो । २०१७लाई फर्केर हेर्दै गर्दा केही विश्वले केही उपलब्धि समेत हासिल ग¥यो ।

जलवायु परिवर्तनको विषयमा अमेरिका बाहेक अन्य सबै मुलुक एक ठाउँमा उभिए । अन्तरिक्षको क्षेत्रमा निकै ठूलो सफलता हासिल गर्न समेत २०१७ सफल भयो । यिनै सम्झनाहरु छोडेर विदा लिदै गरेको २०१७ लाई विदाई गर्दै सबैलाई अँगे्रजी नयाँ वर्ष २०१८ को शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV