१६ पुष २०७४, आईतवार

गोरखा । प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको छानामा १८ किलोग्राम सुनको जलप लगाउने काम सुरु भएको छ । चारसय वर्ष पुरानो यो मन्दिरलाई जगैदेखि भत्काएर पुनःनिर्माण गरीरहेको बताइएको छ । मन्दिरको छानामा रहने तामाको पातामा १८ किलोग्राम सुनको जलप लगाउने कार्य सुरु गरिएको बताउँदै मनकामना मन्दिर जीर्णोद्धार समितिका सचिव प्रेमकुमार श्रेष्ठले पुरातत्व विभागको मापदन्डअनुसार नै धेरै वर्षसम्म टिक्ने गरी जलप लगाउने कार्य आरम्भ गरिएको बताएका छन् ।

श्रेष्ठले भने, ‘एक तोला सुनले तीन स्वायर तामाको पातामा जलप लगाउनुपर्छ भन्ने पुरातत्व विभागको मापदन्डअनुसार नै जलप लगाएका छौँ ।’ पाटनदेखि आएका १२ जना कालीगढ तामाको पातामा सुनको जलप लगाउन व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV