१६ पुष २०७४, आईतवार

काठमाडौं । आइतबार नेपाल पर्यटन बोर्डले स्थापनाको १९ औं बार्षिकोत्सव मनाएको छ । सो अवसरमा बक्ताहरुले नेपालको पर्यटन विकासमा सबैको साथ र सहयोग अपरिहार्य भएको धारणा राखेका छन् ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले सबैको सहयोगमा पर्यटन बोर्डले सोचे अनुरुपको सफलता हात पारेको बताएका छन् । बोर्डको १९ औं बार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक जोशीले मुलुकको विकास पर्यटनबाट गर्न सकिने भन्दै यस्तो बताउनुभएको हो ।

अन्य मुलुकको तुलनामा नेपाल आउने पर्यटकहरु सस्तो भएको भन्ने गुनासो आएपनि निर्देशक जोशीले त्यो भ्रम मात्रै भएको स्पष्ट पार्नुभएको छ । उहाँले अन्य मुलुकको तुलनामा नेपाल निकै सस्तो भएको भने प्रष्ट पार्नुभयो ।

विगतका ३ बर्षमा नेपालमा हुदहुद, भूकम्पजस्ता प्राकृतिक प्रकोप र नाकाबन्दीका कारण पर्यटकहरुको आगमनमा गिरावाट आएको कार्यकारी निर्देशक जोशीको भनाई थियो ।

पछिल्लो समय नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भइरहेकोले नेपालले पर्यटन क्षेत्रमा लिएको लक्ष्य पुरा हुने विश्वास समेत गरिएको छ । सो अवसरमा नेपाल पर्यटन बोर्डले ‘एक्सपिरियन्स नेपाल’ अभियान समेत शुरु गरेको छ । कार्यक्रममा विभिन्न जिल्लामा भएका कला संस्कृतिका झलक प्रस्तुत गर्नुका साथै लोपोन्मुख गीत समेत प्रस्तुत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV