१६ पुष २०७४, आईतवार
  • कविन्द्र शेर्मा,

पाँचथर । पाँचथर सदरमुकाम फिदिममा आयोजित नवौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि सुनरसरी ११ ले जितेको छ । आइतबार खेलिएको फाइनल खेलमा मोरङ ११ लाई शून्यका बिरुद्ध २ गोल लगाएपछि सुनसरी ११ ले उपाधि जितेको हो ।

निर्धारित समयको ६७ औं मिनेटमा सुनसरी ११का तीर्थ बस्नेतले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि सुनसरी ११ का सुजन सुनुवारले ८७ औं मिनेटमा एक गोल थप्दै विजय सुनिश्चित गराएका थिए ।

सुजन याख्याले कर्नल हानेका पासबाट बस्नेत र सुनुवार दुबैले गोल गर्न सफल भएका हुन । नवौं फाल्गुनन्द गोल्डकप फुटवलका बिजेताले ३ लाख नगद र उपबिजेताले २ लाख ट्रफी, मेडल तथा प्रमाण पाएका छन् ।

फाल्गुनन्द गोल्डकपको सर्वोत्कृष्ठ खेलाडी सुनसरीका हेमन्त थापामगर घोषित भएका छन् । सर्बाधिक गोलकर्ता पनि सुनसरी ११ कै तीर्थ बस्नेत भएका छन् । उनले खेल अवधिभरमा ५ गोल गरेका थिए । सर्वोत्कृष्ठ खेलाडी थापामगरलाई ३५ हजार र सर्बाधिक गोलकर्ता बस्नेतलाई १० हजार नगद, टफि तथा प्रमाण पत्र बितरण गरिएको थियो ।

आइतबार नै समापनको अवसरमा पूर्व राष्ट्रिय खेलाडी तथा रेफ्री लव कार्कीलाई सम्मान गरिएको छ । भक्तपुरमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आधा दर्जनबढि खेलहरुमा उष्कृट खेल खेल्न सफल हुनुका साथै एक दर्जन बढि अन्यराष्ट्रिय खेलहरु समेतगरि डेरसयबढि खेलमा रेफ्रीको कुसल भुमिका निभाएकाले कार्कीलाई सम्मान गरिएको छ ।

कार्कीले पाँचथरमा सम्पन्न भएको नवौं फाल्गुनन्द गोल्डकपबाट आफु खेलबाट सन्यासी लिने घोषणा गरेसंगै उनलाई पाँचथरमा सम्मान गरिएको आयोजकले जनाएको छ । त्यस्तै खेलकुदमा योगदान पु¥याएका पत्रकार गणेस साम्पाङ राईलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV