१६ पुष २०७४, आईतवार

काठमाडौं । गायक तथा संगीतकार एनके ब्रदर्श (नरेश गौतम र खडा गौतम) ले बुद्ध वाज बर्न इन नेपाल बोलको गीत सार्बजनिक गरेका छन् ।

नरेश गौतमको शब्द र एनके ब्रदर्शको संगीत रहेको यो गीतमा १५ जनाको स्वर समेटिएको छ । गीतमा प्रताप सुब्बा, अम्बर सुब्बा, अर्जुन रसाइली,किशोर सिवाकोटी, मनोज ढकाल, कृष्ण ढकाल,सुचिता गुरुङ, टिका लामिछाने, रमेश कँडेल, किरण गजमेर, बिकाश शंकर, लगायतको सुमधुर आवाज सुन्न पाइन्छ ।

यो गीतको भिडियोलाई ब्रदर्श प्रोडक्सन ले तयार पारेको हो । अमेरिकाको सिन्सिनाटीमा रेकर्डिङ स्टुडियो सञ्चालन गरेर बसेका यी दाजुभाईले यस अघि पनि नेपाली गीत संगीतमा लगानी गरेका छन् ।

यी दाजु भाईको स्वर र संगीतमा यस अघि पनि गीति संग्रह सार्बजनिक भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV