१६ पुष २०७४, आईतवार
  • अंगराज न्यौपाने,

काठमाडौं । वीपी कोइरालाको मेलमिलाप नीति सम्भवत यो मुलुकमा सर्वाधिक व्याख्या भएको विषय पनि हो । हिजो जुन अवस्थामा वीपीले यो नीति अघि सारे जसबेलामा मुलुकभित्रका सबै शक्तिहरु एक ठाउँमा उभिनु पर्ने अवस्था आएको थियो ।

तर तत्कालीन पञ्चायती व्यवस्थाले यो बुझेन । पञ्चायतले नबुझे पनि वीपीले भने यो नीतिमा अडिग रहे , जस्ले काँग्रेसलाई सधैका लागि बचायो पनि । तर दुर्भाग्य उनै वीपी जन्माएको नेपाली काँग्रेस भित्र नै मेलमिलाप नीतिमाथि निरन्तर अपमान हुँदै आएको छ ।

प्रजातन्त्रको अपहरणसंगै लगातार सात वर्षको जेल र त्यस पछिका आठ वर्षको भारतको प्रवास वसाइृको अन्चत गर्दे २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर नेपाल फर्किनुभएको दिनलाई काग्रेसले राष्ट्रिय मेलमिलापको दिवसको रुपमा मनाउदै आएको ।

पछिल्लो समय काग्रेसमा मौलाउदै गएको गुटन्दीले कांग्रसमा नै मेलमिलापको अभाव देखिएको प्रष्ट छ । मेलमिलाप दिवसको अवसरमा नै पार्टीमा रहेका फरक गुटले छुट्टाछुट्टै कार्यक्रमको आयोजनामात्र गरेनन् एक अर्का प्रति आरोप प्रत्यारोपमा नै उत्रिए ।

नेवि संघले आयोजना गरेको कार्यक्रममा वोल्दै पार्टीसभापति शेरवाहादुर देउवाले पाटीमा अनुसाशन हराउदै गएकाले पार्टीमा वेमेल चुलिदै गएको बताउनु भयो । उहाँले बेमेलमा रहेको पार्टीले राष्टिय मेलमिलापको नेतृत्व गर्न सक्नेमा नै शंका समेत व्यक्त गर्नुभयो ।

उता रामचन्द्र पौडेल पक्षले आयोजना गरेको कार्यक्रमा कांग्रेस केन्दीय सदस्य प्रकासमान सिंहले पार्टी नेतृत्व विधान विपरित संचालन भएको आरोप लगाउनु भयो ।

२०४७ पछि काग्रेसमा सुरु भएको गुट र उपगुटकोे संस्कारले कुनै समय संसदमा आफ्नो दुइ तिहाइ वहुमत कायम राख्ने काग्रेस आफै भित्रको वेमेलका कारण आफ्नो शक्ति दिन प्रतिदिन गुमाउदै गएको छ ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि काग्रेस भित्रको विवाद र वेमेल झनै वल्झिदो छ । पार्टीमा प्रभाव राख्ने कतिपय नेताले पार्टी पुर्नगठन सम्मको आवाज उठाउन थालेका छन । वास्तवमा मेलमिलापको नीतिलाई व्यवहारिकरुपमा पार्टी भित्रै पहिले लागू नगरे काँग्रेसका कष्टका दिन निरन्तर रहने तर्फ नेतृत्वको ध्यान पुग्न आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV